प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।

बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा कांग्रेस प्रमुख सचेतक गृहमन्त्री रवि लामिछानेबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्मा संसद अगाडि बढ्न नसक्ने बताए ।

कांग्रेस सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । कांग्रेस सत्ता साझेदारबाट प्रतिपक्षीको बेन्चमा पुगेपछि बसेको चौथो बैठकमा उसले अवरोध गरेको हो ।