नेपाली नागरिकहरू अब नागरिक एपमार्फत आफ्नो अन्तर्राष्ट्रिय यात्रा इतिहास सीधै हेर्न सक्ने भएका छन्। अध्यागमन विभागले नयाँ डिजिटल सेवा सुरु गर्दै विदेशबाट आउने–जाने प्रमाणित रेकर्ड कार्यालय जान वा भौतिक निवेदन बिना उपलब्ध गराउने व्यवस्था गरेको हो।
यो सेवाले पासपोर्ट विवरणसँग यात्रा विवरण जोडेर सम्बन्धित व्यक्तिलाई सही रेकर्ड उपलब्ध गराउँछ। काम, शिक्षा, कानुनी प्रक्रिया वा आधिकारिक प्रमाणीकरणका लागि यात्रा रेकर्ड चाहिने नागरिकका लागि प्रक्रिया सजिलो, छिटो र व्यवस्थित हुने विभागले जनाएको छ।
डिजिटल सेवाले कागजी झन्झट र सरकारी कार्यालयको कार्यभार घटाउने अपेक्षा गरिएको छ। यो नेपालमा अनलाइन सार्वजनिक सेवा विस्तारको क्रममा आएको हो।






