नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा चिलिमे जलविद्युत आयोजनाका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ रसुवाको चिलिमे जलविद्युत आयोजना पुगेका छन्।
नेपाल सेनाले जारी टनेल उद्धार कार्यमा सहयोग मागेपछि उनी त्यहाँ पुगेका हुन्। आयोजनामा प्रत्यक्ष काम गरेको अनुभवका आधारमा प्राविधिक सल्लाह र उद्धार समन्वयमा सहयोग गर्न अनुरोध गरिएको छ।
विदेशी प्राविधिक विशेषज्ञसहितको संयुक्त उद्धार टोली टनेलभित्र फसेका व्यक्तिहरू रहेको पावरहाउस क्षेत्रसम्म पुग्न प्रयास गरिरहेको छ। कठिन अवस्थामा सावधानीपूर्वक पहुँच बनाउने र सुरक्षित उद्धार गर्ने लक्ष्यका साथ कार्य जारी छ।






