गोरखाको चुमनुब्री गाउँपालिकामा थेराङ खोलामा आइतबार बिहान आएको बाढीले चार घर र एक झोलुङ्गे पुल बगाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चुमनुब्री वडा नं. ४ का नम्रुङ्गकनुर्बु ओङ्याल (नुर्बु छिरिङ), उर्गेन छोइदेन, ल्हाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगेका हुन्। प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बाढीको खबर पाएर स्थानीय बासिन्दा भागेकाले मानवीय क्षति भएको छैन।

थेराङ खोला बुढीगण्डकीमा मिसिने भएकाले बुढीगण्डकी किनारका बासिन्दालाई सतर्क रहन अधिकारीहरूले आग्रह गरेका छन्।