शनिबार (कात्तिक १४, २०८३) काठमाडौंमा निरन्तर वर्षा भएपछि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान जलमग्न भएको छ। यसले आजका नेपाल प्रिमियर लिग (एनपीएल) खेलहरू अवरुद्ध वा रद्द हुने आशंका बढेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार उपत्यकामा दिउँसो २ बजेसम्म वर्षा जारी रहने पूर्वानुमान छ।
शनिबारको पहिलो खेल चितवन राइनोज र लुम्बिनी लायन्सबीच दिउँसो १२:३० बजे तोकिएको छ भने दोस्रो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे हुने तालिका छ। मैदानमा पानी जम्मा भएको र वर्षा जारी रहेकाले दुवै खेल अनिश्चित बनेका छन्।






