स्विजरल्यान्डले जलविद्युत टनेल तथा जोखिमपूर्ण भूमिगत क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि उन्नत स्विस ड्रोन नेपाललाई सहयोग गरेको छ।
यो ड्रोन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो। स्विस कम्पनी फ्लायाबिलिटीद्वारा निर्मित यो ड्रोन अँध्यारो, साँघुरो र खतरापूर्ण टनेलका लागि डिजाइन गरिएको छ। यसमा सुरक्षात्मक केज (cage) रहेकोले ठक्कर खाँदा पनि काम गर्न सक्छ।
यो प्रविधिले उद्धार टोलीलाई जोखिम मूल्यांकन गर्न, फसेका व्यक्ति खोज्न र सुरक्षित उद्धार योजना बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।






