पूर्वाधारमन्त्री सुनील लाम्सालले आगामी बजेटअन्तर्गत ठूला खेल पूर्वाधार विकास गर्ने योजना सरकारले अघि बढाउने बताएका छन्।
योजनाअनुसार :
- १० वटा फुटबल रंगशाला फ्लडलाइटसहित निर्माण गरिनेछ
- ८ ठूला शहरमा आधुनिक क्रिकेट रंगशाला बनाइने
- ७ ठाउँमा कम्तीमा २,००० सिट क्षमताका इनडोर बहुउद्देश्यीय स्टेडियम निर्माण गरिनेछ
यी पूर्वाधारले देशभर खेल सुविधालाई स्तरोन्नति गर्ने, खेलाडी, प्रशिक्षक र दर्शकलाई राम्रो वातावरण उपलब्ध गराउने र साँझमा पनि फुटबल खेल सञ्चालन गर्न सहज हुने मन्त्री लाम्सालले बताएका छन्।
यो योजनालाई नेपालको खेलकुद पूर्वाधार विकासमा महत्वपूर्ण कदम मानिएको छ।






