किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङलाई सोमबार सिंहदरबार गेटबाट प्रहरीले पक्राउ गरेको छ।

उनी प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका प्रतिनिधिहरूबीचको छलफलमा सहभागी भएर फर्किरहेका बेला पक्राउ परेका हुन्। काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।

प्रहरीले उनलाई सिंहदरबार गेटबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी डिभिजनमा बुझाएको छ।