रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नं. १ हाकुस्थित २१६ मेगावाट क्षमताको त्रिशुली १ जलविद्युत आयोजनाको टनेलबाट जम्मा २४ शव भेटिएका छन्।

भदौ १० गते भोटेकोशीमार्फत त्रिशुली नदीमा बाढी पसेपछि यो क्षति भएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार असोज ३ गते दिउँसो नेपाल सेनाको हेलिकप्टरको सहयोगमा सबै शव निकालेर नुवाकोट ल्याइएको छ।

भेटिएका शवहरू विदुर नगरपालिका वडा नं. ६ खम्बाक्याम्प परिसरको केन्द्रीय कारागार कार्यालयमा पहिचानका लागि राखिएका छन्। प्रहरीले मृतकका आफन्त तथा परिवारलाई शव पहिचानमा सहयोग गर्न आग्रह गरेको छ।