राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा डा. स्वर्णिम वाग्ले सर्वसम्मत रूपमा पार्टीको उपाध्यक्ष निर्वाचित भएका छन्।
उपाध्यक्ष पदका अर्का उम्मेदवार विराज भक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले बिना प्रतिस्पर्धा निर्वाचित भएका हुन्। यसअघि रवि लामिछाने पनि सर्वसम्मत अध्यक्ष निर्वाचित भइसकेका छन्।
चितवनमा असार ७ गतेदेखि सुरु भएको महाधिवेशन छैटौं दिनसम्म पुगिसकेको छ। बिहीबार केन्द्रीय समिति निर्वाचनको परिणाम सार्वजनिक गरिएको थियो भने पार्टीभित्र केही असन्तुष्टि र चिन्ता देखिएको बताइएको छ।
अन्य पदाधिकारीहरूको अन्तिम उम्मेदवार सूची भने अझै सार्वजनिक भएको छैन।






