नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट सुरु हुँदैछ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गर्नेछन्।
उद्घाटन खेल दिउँसो ४:३० बजे सुरु हुनेछ जसमा गत सिजनका विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। अन्य टोलीहरूमा जनकपुर बल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स छन्।
प्रधानमन्त्रीले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता र छोटो समयमै प्रमुख खेलकुद महोत्सव बनेको बताए। उनले अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र क्यानलाई शुभकामना दिएका छन्। खेलहरू हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन्।






