नेपालीहरुको महान पर्व विजया दशमीको रौनक शुरु भइसकेको छ।

असोज ६ गतेदेखि नै विधिवत रुपमा शुरु भइसकेको दशैँ असोज १६ गते टीकाको शुभ साईत छ।

असोज ६ गते घटस्थापना गरी दसैं घरमा जमरा राखिएको थियो। दसैं शुरु भएसँगै पसलमा कपडा किन्नेहरु, पिङ खेल्न पिङ हालेको ठाउँमा पुग्नेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ।

नेपालीहरुले दशैँलाई भव्य रुपमा मनाउने गर्दछन्।

काठमाडौंका विभिन्न चोक चोकमा लिङ्गे पिङ हालेको देख्न सकिन्छ।

साना बालबालिकादेखि किशोर किशोरीहरुसम्म पिङ खेल्न चोक चोकमा हँसिलो अनुहारका साथ देख्न सकिन्छ।