रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले प्रभावित क्षेत्रका बैंक शाखाहरूमा ठूलो क्षति पुर्याएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनअनुसार १७ वटा बैंक शाखाले ७२ करोड रुपैयाँभन्दा बढीको क्षति बेहोरेका छन्।
कृषि विकास बैंकको एक शाखाले मात्र ६५ करोड रुपैयाँको सबैभन्दा बढी क्षति रिपोर्ट गरेको छ। सिटिजन्स बैंकले १ करोड ५६ लाख, लक्ष्मी सनराइज बैंकले १ करोड १२ लाख र एनआईसी एशिया बैंकले ८८ लाख रुपैयाँको क्षति व्यहोरेका छन्। अन्य बैंकहरूले पनि लाखौं रुपैयाँको क्षति रिपोर्ट गरेका छन्।






