नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य घटेको छ।
मंगलबार स्थिर रहेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






