सरकारले काठमाडौंको स्युचाटारमा नेपालको पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो महत्वाकांक्षी योजना सार्वजनिक गरेका हुन्।
यो सेन्टरमा हजारौं एआई प्रशोधन युनिट (प्रोसेसिङ युनिट) जडान गरिनेछ। यी सुविधाहरू एआई उद्यमी, स्टार्टअप तथा नवप्रवर्तकहरूलाई अनुदानमा उपलब्ध गराइने छ जसले नेपालमै एआई उपकरण, उत्पादन र सेवाहरू विकास गर्न सहयोग पुग्ने छ।
सरकारले यो सेन्टरलाई विदेशी प्लेटफर्म र पूर्वाधारमा पूर्ण रूपमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गर्दै नेपालको डिजिटल अर्थतन्त्र र प्रविधि क्षेत्रलाई मजबुत बनाउने रणनीतिक कदमको रूपमा अघि सारिएको छ।
यो योजनालाई नेपालको प्रविधि क्षेत्रमा ऐतिहासिक पहल मानिएको छ।






