मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेको छ।

मंगलबारको बजारमा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकम ७५ करोड रूपैयाँले बढेको हो।

यस दिन ३०७ वटा धितोपत्रको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ३ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।