मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ।
सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार प्रतितोला १५ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।






