साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला चार सय रूपैयाँ नै घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य भने बढेको छ।
शुक्रबार प्रतितोला १५ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १५ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको






