नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ।

लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको भाउ शुक्रबार भने स्थिर रहेको हो।

बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार प्रतितोला एक हजार चार सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।