नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ।

गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको छ।

शुक्रबार प्रतितोला चार सय रूपैयाँ, आइतबार पनि प्रतितोला चार सय रूपैयाँ र सोमबार प्रतितोला पाँच सय रूपैयाँ गरी सुनको भाउ लगातार तीन दिन घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।