लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा शानदार ह्याट्रिक गरेका छन्। अल्जेरियाविरुद्धको खेलमा उनले तीन गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १६ पु-याएका छन्।
यो कीर्तिमान जर्मनीका लिगेन्ड मिरोस्लाभ क्लोजसँग बराबरी गरेको हो। यससँगै मेस्सी विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमध्ये एक बनेका छन्।
उनले एउटै रातमा अर्को इतिहास पनि रचे — उनी छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन्।
मेस्सीलाई खेलको अन्तिमतिर मैदानबाट निकालिए पनि उनको प्रदर्शनले अर्जेन्टिनालाई ठूलो उत्साह दिएको छ। यो प्रदर्शनले उनको क्यारियरमा अर्को स्वर्णिम अध्याय थपेको छ।






