धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीवार) करिब २८ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अंकले ओरालो लागेर २ हजार ८० दशमलव ८७ मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ८३ अंकले ओरालो लागेर ३६९ दशमलव ८१ मा सीमित भएको छ। आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
कूल १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता शेयर ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३०२ रुपैयाँ मूल्यमा कारोबार भएको छ।
कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ। सो कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ रुपैयाँ बराबरको कारोबार भयो।






