नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ घटेको छ।
गत मंगलबारदेखि नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज घटेको हो।
मंगलबार, बुधबार, बिहीबार र आइतबार गरी चार दिन सुनको भाउमा ऐतिहासिक रेकर्ड बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
उक्त मूल्य हालसम्मकै उच्च विन्दु हो।
आज चाँदी प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






