लगातार घट्दै आएको सुनको मूल्य आज स्थिर, चाँदीमा भने हल्का वृद्धि भएकाे छ। पछिल्ला केही दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य बिहीबार स्थिर बनेको छ। बजारमा सुनका कारोबारीहरूले आज मूल्यमा कुनै उतारचढाव नभएको बताउँदै स्थायित्वलाई राहतको रूपमा लिएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार पनि सुन प्रतितोला रु. २,३६,३०० मा कारोबार भइरहेको छ, जुन बुधबारको मूल्यकै बराबर हो। यद्यपि, चाँदीको मूल्य भने हल्का वृद्धि भएको छ। आज चाँदी प्रतितोला रु. २,९८० मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्य रु. २,९६५ भन्दा १५ रुपैयाँले बढी हो। बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरको प्रभावका कारण आगामी दिनमा पनि सुन–चाँदीको मूल्यमा परिवर्तन देखिन सक्ने अनुमान गरिएको छ।






