वडाले उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम दिएका व्यक्ति तथा संघसंस्थाले उत्पादन गरेका वस्तु तथा सामान, स्थानीय उत्पादनहरु तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन तथा भेषभुषाको प्रवर्धन हुने विश्वास छ ।

स्वयम्भूको भुइँखेल चौरमा महोत्सव हुनेछ । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ ।

महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ । परम्परागत बाजा, वडावासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, बुद्धको जीवनीसंग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् ।

महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् । पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् ।

नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ, गुरुङ, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ ।