काठमाडौं : प्रेमिला गीत सृजना गर्न अब्बल क्षमता भएका युवा सर्जक हुन् सम्भु नेपाल। प्रेम, रोमान्स अनि मेलोडियस प्याटर्नका गीत लेख्न खप्पिस सर्जक नेपालले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन् ।उत्कृष्ट काम गर्न रुचाउने नेपालले लेखेका अधिकांश गीतहरू दर्शक स्रोताले रुचाएका छन् ।
यसैबीच, उनले सृजना गरेको नयाँ म्युजिक भिडियो यतिबेला बजारमा छ। “अभागी सभागी ” बोलको म्युजिक भिडियो Kumar Chaulagain युट्युब च्यानलबाट रिलिज भएको हो।
पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक सन्तोष बि.सि. , कोपिला तामाङ वाईवा र उपमा थपलियाको मनछुने आवाज छ। गीतमा राम्जी थापा मगरको लय र सम्भु नेपालको मनछुने शब्द अनि सन्तोष बि.सि.को संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।
गीतको अडियोसंगै भिडियो पनि एकदम आकर्षक अनि उत्कृष्ट बनेको छ। भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की , आशा विश्वकर्मा लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ।
भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा मरुभुमी नारायणको छायांकन अनि रोशन धितालको सम्पादन रहेको छ।
गीतलाई दर्शक स्रोताले एकदम रुचाएका छन् । युटुबमा पनि गीतलाई राम्रो राम्रो कमेन्ट प्राप्त भएको छ।
हेर्नुस् भिडियो..






