शिवकृष्ण जनरल स्टोरबाट मात्र २५० रुपैयाँको सामान किनेका एक उपभोक्ताले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
आन्तरिक राजस्व विभागले श्रावण १ देखि १५ गतेसम्म खरिद गरेका उपभोक्ताको लक्की ड्र परिणाम सार्वजनिक गर्दै यो जानकारी दिएको हो। बम्पर पुरस्कारका साथै १५ जनाले १ लाख रुपैयाँका पुरस्कार पाएका छन्।
बम्पर विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ हो। उनले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालय गएर पुरस्कार दाबी गर्न सक्नेछन्।
यो कार्यक्रम उपभोक्तालाई आधिकारिक बिल माग्न प्रेरित गरी कर प्रणालीमा पारदर्शिता बढाउन सुरु गरिएको हो। बैंक तथा वालेट क्यूआर भुक्तानी गर्ने स्वतः समावेश हुन्छन् भने नगद खरिद गर्नेले प्यान वा भ्याट बिल अपलोड गरी कुपन प्राप्त गर्नुपर्छ।






