सितापाइला मावि विद्यालयमा “अभिभावक शिक्षा कार्यक्रम” सम्पन्न भएको थियो। कार्यक्रमको मध्य भागतिर विद्यालयका प्रधानाध्यापक श्री लाल बाबु गुप्ताज्यूले प्राविधिक शिक्षाका विषयमा आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।
उहाँले विद्यार्थीहरूले आफैंले उत्पादन गरेका विद्युतीय बल्बहरू प्रस्तुत गरेको विषयमा चर्चा गर्नुका साथै अन्य थुप्रै महत्वपूर्ण कुराहरू पनि राख्नु भएको थियो।
कार्यक्रम सम्पन्न भएपछि विद्यालयको प्रयोगशालामा भ्रमण गरिएको थियो र त्यहाँ रहेका सम्पूर्ण सामग्रीहरूको अवलोकन गरिएको थियो।
साथै, प्रविधि सङ्ग सरोकार राख्ने प्राविधिक श्री सरोज चौरसिया सरको अन्तर्वार्ता पनि लिइएको थियो, जसमा उहाँले प्राविधिक सम्बन्धी सम्पूर्ण जानकारीहरू विस्तृत रूपमा प्रस्तुत गर्नु भएको थियो।






