काठमाडौँ – हेटौँडा आवागमनलाई सहज बनाउने कान्तिलोकपथ आजदेखि चार दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। मकवानपुरको बगुवास्थित बागमती खोलामा बेलिब्रिज जडानको काम सुरु भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म यो सडकमार्ग सञ्चालनमा रहने छैन।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचनामार्फत सार्वजनिक सवारीसाधन तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलद्वारा जारी सूचनामा वैकल्पिक मार्गका रूपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जनाइएको छ।






