भारत र नेपालबीच काठमाडौंमा १०औं परियोजना सञ्चालन समिति तथा ८औं संयुक्त कार्य समूहको बैठक सम्पन्न भएको छ। बैठकमा भारतीय अनुदान सहयोगमा निर्माणाधीन क्रस–बोर्डर रेलवे आयोजनाहरूको प्रगति समीक्षा गरिएको छ।
बैठकमा जयनगर–बिजलपुरा–बर्दिबास र जोगबनी–विराटनगर रेलवे आयोजनाको अवस्था, चुनौती र अघि बढाउने योजना छलफल भएको छ।
यसबाहेक जनकपुर–अयोध्या यात्रु रेल सेवा सञ्चालन र प्रस्तावित रक्सौल–काठमाडौं ब्रोडगेज रेलवे लाइनको भावी योजना समेत समीक्षा गरिएको छ।
दुवै पक्षले यी आयोजनाले दुई देशबीच यातायात सम्पर्क, यात्रा सुविधा र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।






