राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने आज नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन्। भेटवार्ता बिहान १०:३० बजे हुने कार्यक्रम रहेको छ।
भारतको पाँच दिने भ्रमणका क्रममा लामिछानेले यसअघि मंगलबार भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन, विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग भेटेर नेपाल–भारत सम्बन्ध, आपसी हित, सुरक्षा सहयोग र दुवै देशका राजनीतिक दलहरूबीच संवादलाई मजबुत बनाउने विषयमा छलफल गरेका थिए।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल जेठ २२ गते नेपाल फर्कने तालिका रहेको छ।
यो भ्रमणलाई नेपाल–भारतबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसरको रूपमा हेरिएको छ।






