काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आधिकारिक रूपमा मेयर पदबाट राजीनामा दिएका छन्। राजीनामा स्वीकृत भएको जानकारीसँगै यो खबरले राजनीतिक वृत्तमा चर्चा बढाएको छ।
राजीनामा दिएपछि बालेनलाई भविष्यको यात्राका लागि शुभकामना दिँदै धेरैले उनलाई प्रधानमन्त्री बन्ने सम्भावना र देश निर्माणको नयाँ युग सुरु गर्ने आशा व्यक्त गरेका छन्। “पुराना भ्रष्टहरूलाई सदाका लागि पाखा लगाउनुहोस्, तब मात्र सार्थक हुनेछ,” जस्ता प्रतिक्रियाहरू सामाजिक सञ्जालमा देखिएका छन्।
बालेनको यो कदमले नेपाली राजनीतिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ। उनको आगामी भूमिका र योगदानलाई लिएर समर्थकहरू उत्साहित देखिएका छन्।






