नेकपा एमालेका नेता महेश बस्नेतको कार्यक्रमलाई लिएर जेन–जी आन्दोलनकारी र एमाले समर्थकबीच झडप हुँदा सिमरा क्षेत्र तनावग्रस्त बनेको छ। विमानस्थल गेट भत्काइएको र स्थिति नियन्त्रणका लागि कर्फ्यू लगाइएको छ। गृह मन्त्रालयले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ






