Gen-Z आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत मालिगाँउको टोलीले काभ्रेपलाञ्चोकको भुम्लुङ गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–०५, बौद्ध बस्ने २२ वर्षीय विनय तामाङलाई पक्राउ गरेको हो।