काठमाडौं – नागार्जुन नगरपालिका–५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण टुसालदेवी मन्दिर परिसरमा यस वर्षको भव्य वार्षिक क्षमा पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष झैं यसपटक पनि धार्मिक विधिअनुसार विशेष पूजाआजा, सत्संग, भजनकीर्तन तथा सामूहिक क्षमा पुजासहित कार्यक्रम सम्पन्न भएको थियाे।

उक्त कार्यत्रमकाे प्रमुख आथित्यता कार्यवाहाक नगर प्रमुख श्रीमती शुसिला अधिकारीज्युले  गर्नु भएकाे थियाेे भने विषेश आथित्यता नगर प्रवक्ता तथा वडा न ५ वडा अध्यक्ष श्री महेश रिमालज्युले गर्नु भएकाे थियाेे । उक्त कार्यत्रममा जेष्ठ नागरिक सम्मान पनि गरिएकाे थियाे, नागार्जुन नगरपालिका–५  का श्री हर्कबहादुर श्रेष्ठज्यु (वर्ष ९०) र श्री शन्तमान बलामीज्यु (वर्ष ८४) हुनुहुन्थयाे  ।

उक्त कार्यत्रमकाे सञ्चालन टुसालदेवी नवजागरण टाेल विकास समुदाय तथा शरणपुर टुसालदेवी टाेलसुधार समितीले सयुक्तरुपमा आयोजना गरिएकाे थियाे साथै उक्त कार्यत्रमकाे सञ्चालन टुसालदेवी नवजागरण समुदायका सचिव श्री विष्णुकुमार श्रेष्ठले गर्नु भएकाे थियाे भने उक्त कार्यत्रमकाे सभापतित्व  टुसालदेवी नवजागरण टाेल विकास समुदायका अध्यक्ष तथा देव सञ्चार मिडियाका प्रधान सम्पादक देव अधिकारीले गर्नु भएकाे थियाे ।

उक्त कार्यत्रममा प्रमुख आथिति कार्यवाहाक नगर प्रमुख श्रीमती शुसिला अधिकारीज्युले शुभकामना मन्तवय वयक्त  गर्नु भइ् प्रसाद ग्रहण गर्नु भएकाे थियाेे भने विषेश आथिति नगर प्रवक्ता तथा वडा न ५ वडा अध्यक्ष श्री महेश रिमालज्युले शुभकामना मन्तवय वयक्त  गर्नु भइ् प्रसाद ग्रहण गर्नु भएकाे थियाेे   ।

क्षमा पूजाको आयोजना टुसालदेवी नवजागरण टाेल विकास समुदाय तथा शरणपुर टुसालदेवी टाेलसुधार समितीले सयुक्तरुपमा आयोजना गरिएकाे थियाे । उक्त कार्यत्रममा प्रमुख आथितिज्यु,  विषेश आथितिज्यु’, आथितिज्युहरु, संघसस्थाका प्रतिनिधिहरु, स्थानीय बासिन्दा तथा श्रद्धालु भक्तजनहरूको व्यापक उपस्थिती रहेकाे थियो।   कार्यक्रमकाे सन्दर्भमा वडावासीहरू, महिला समूह, युवा क्लब, बृद्धबृद्धाहरू आम सर्वसाधारणहरुकाे  सक्रिय सहभागिता रहेको थियो। विशेष गरी त्यस दिनलाई परम्परादेखी रहदैआएकाे   एक-अर्काप्रती क्षमा याचना गर्दै भाइचाराको भावना सुदृढ र मजवुत गर्ने प्रयास गरिएको थियो ।

मन्दिर परिसरमा विशेष सजावट गरिएको थियो भने दर्शनार्थीहरूको लामबद्ध उपस्थिति दिनभर जस्तै देखिएको थियो। टुसालदेवी नवजागरण टाेल विकास समुदाय तथा शरणपुर टुसालदेवी टाेलसुधार समितीले प्रसाद वितरण, नि:शुल्क जलपान तथा पूजा सामग्रीको व्यवस्था गरेका थिए।

टुसालदेवी मन्दिरको यो वार्षिक क्षमा पूजा परम्परागत धार्मिक आस्थाको प्रतीक हो जसले समाजमा मेलमिलाप, क्षमायाचना, करुणा र सद्भाव फैलाउने कार्यमा उल्लेखनीय योगदान प्रदान गर्ने विश्वास गरिन्छ। आयोजक समितिले आगामी वर्षमा अझ व्यापक र व्यवस्थित रुपमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।