मकवानपुरको थाहा नगरपालिका–३ मा ब्रेक फेल भएर अनियन्त्रित भएको बसले सात जना पैदलयात्रुहरूलाई ठक्कर दिँदा तीन जनाले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो साँझ त्रिभुवन राजपथमा नेपाल विद्युत् प्राधिकरण नजिक बा ३ ख ५९९० नम्बरको बसले ठक्कर दिएको हो।
मृतकमध्ये ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर र सिराहा औराही गाउँपालिका–१ निवासी रघुनन्दन यादव रहेको खुलेको छ। अन्य दुईको परिचय खुल्न बाँकी छ।
एक गम्भीर घाइतेलाई काठमाडौं ट्रमा सेन्टरमा सारिएको छ भने अन्य तीन जना पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत छन्।
घटनापछि २९ वर्षीय बस चालक राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ।