काठमाण्डौ – कुलेखानी हुँदै कलंकी र हुमाने जोड्ने प्रमुख सडकखण्ड मर्मत तथा कालोपत्रका कारण आजदेखि जेठ २० गतेसम्मका लागि बन्द गरिएको छ। सो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक रूपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग अपनाउन ट्राफिक प्रहरीको आग्रह छ। मर्मत कार्य छिटो सम्पन्न गर्नका लागि सडक पूर्णरूपमा बन्द गरिएको जनाइएको छ।