काठमाण्डौ – बाराको कलैयामा सेनिटरी प्याड खरिद प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५१ लाख ९९ हजार रुपैयाँको बिगो कायम गर्दै आरोपितहरु विरुद्ध मुद्दा दायर गरेको हो।

अभियुक्तमा कलैयाका प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर, लेखा अधिकृत दिव्या सर्राफ र सागरदेवी फर्माका सञ्चालक बिमलेश साह रहेका छन्। उनीहरूले मिलेमतोमा २४ रुपैयाँमा किनिने प्याडलाई ७८ रुपैयाँमा खरिद गरेको पुष्टि भएपछि भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।