काठमाण्डौं – जाजरकोट केन्द्रविन्दु भएर हिजो बेलुकी लगातार दुई वटा भूकम्प गएको छ। पहिलो भूकम्प ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको र दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको आएको थियो।
भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो। कुशे गाउँपालिकामा केही घरहरु चर्किएको खबर प्राप्त भएको भएपनि अन्य कुनै ठूलो क्षति भने भएको छैन। जिल्ला प्रशासन कार्यालय जाजरकोटले यो जानकारी दिएको छ।






