काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ता गर्न बोलाएको छ। मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले शिक्षक महासङ्घलाई आन्दोलन छाडेर वार्तामा सहभागी हुन आह्वान गरेका छन्।

प्रवक्ता सापकोटाले नेपाल सरकार शिक्षासम्बन्धी मुद्दामा साझा धारणा निर्माण गर्न तयार रहेको र विद्यालय शिक्षा विधेयकको स्वीकृतिका लागि मन्त्रालय सकारात्मक रहेको बताएका छन्।

गुरुहरूले बुधवारदेखि काठमाण्डौमा प्रदर्शन सुरु गरेका थिए। यसैबीच, हिजो सिंहदरबारमा शिक्षक महासङ्घसँग बैठकमा कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्री र शिक्षा मन्त्रीले शिक्षकका माग सम्बोधन गर्दै विधेयक चाँडो पारित गर्न सहमति जनाएका छन्।