आज गणतन्त्र दिवसको मुख्य समारोहमा एक सुरक्षाकर्मी बेहोस भएका छन् ।

राष्ट्रपति कार्यालय परिसरमा आयोजित मुख्य कार्यक्रमका क्रममा ड्यूटीमा खटिएका एक प्रहरी जवान अचानक ढलेका थिए । तत्काल उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो । प्रहरी प्रवक्ताका अनुसार बेहोस भएका सुरक्षाकर्मीको अवस्था सामान्य रहेको र स्वास्थ्य परीक्षण भइरहेको छ ।

कार्यक्रमलाई भने निर्धारित कार्यक्रम अनुसार निरन्तरता दिइएको छ ।