बढैयाताल गाउँपालिकास्थित सशस्त्र प्रहरी बलको चेकपोष्टले शंकास्पद रुपमा भारत लैजाँदै गरेको लागूऔषध चरेशजस्तो देखिने पदार्थ सहित एक महिलालाई पक्राउ गरेको छ ।

उनको साथबाट ६किलो  लागूऔषधसहित राईलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक चित्रांग दाहालले बताए ।

१२ वटा ठूलो प्याकेटभित्र ससाना २२ वटा प्याकेट बनाई शरीरमा बाँधेर भारततर्फ जाँदै गर्दा शंका लागेर चेकजाँच गरिएको जनाइएको छ ।

ती महिलाको साथबाट प्रहरीले नेपाल भारत सीमा नाकाबाट राईका साथ बाट ३ हजार रुपैयाँ भारु र १ हजार २ सय रुपैयाँ नेपाली रुपैयाँसहित ती महिलालाई पक्राउ गरिए बरामद गरिएको जनाए ।