काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र पारदर्शी बनाउन भिडियो तथा जीपीएससहितको नयाँ वाकी–टाकी प्रणालीको परीक्षण सुरु गरेको छ।
परम्परागत वाकी–टाकीको तुलनामा यो नयाँ उपकरणले कल गर्न, फोटो खिच्न, भिडियो रेकर्ड गर्न, प्रमाण नियन्त्रण कक्षमा पठाउन र प्रहरीको रियल–टाइम लोकेशन देखाउन सक्ने क्षमता राख्छ।
ट्राफिक नियम उल्लङ्घन र मदिरा सेवन गरी सवारी चलाउने मुद्दामा विवाद कम गर्न यो प्रणाली उपयोगी हुने प्रहरीले बताएको छ। उपकरणले जरिवाना टिकटमा अक्षांश, देशान्तर, नक्सा विवरण र जीपीएस नम्बरसहितको स्थान समेत प्रिन्ट गर्न सक्छ।
परीक्षण सफल भएमा पहिले काठमाडौं उपत्यकाभर र पछि देशभर विस्तार गरिने योजना छ।






