सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले सात बुँदे सम्झौता गरेको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति गृह मन्त्रालय र पीडित परिवारबीच सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौताअनुसार दुवै युवालाई तत्काल शहीद घोषणा गर्ने प्रक्रिया सुरु गरिनेछ र प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिइनेछ।
सरकारले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, प्रत्येक परिवारका एक योग्य सदस्यलाई रोजगारी, छानबिन समिति सिफारिसको कार्यान्वयन र स्थानीय तहसँग समन्वय गरी स्मारक पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
दुवै मृतकको अन्तिम संस्कार आज दिउँसो २ बजे हुने तालिका छ।






