राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन्।
चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको पार्टी विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गरेका हुन्। उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए।






