काठमाडौं — स्वयंसेवी रक्तदानलाई जीवनदायिनी संस्कारका रूपमा अघि बढाउँदै आएको ब्लोदान काठमाडौं मध्यक्षेत्रले आफ्नो एघारौं साधारणसभा तथा पाँचौं अधिवेशन हालै सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता आर.बी. ठकुरीले गरेका थिए भने प्रमुख अतिथि वाग्मती प्रदेश सांसद तथा पूर्व मन्त्री वसन्त मानन्धर रहे।
ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठ, रेडक्रस, रक्तसंचार सेवा, पत्रकार, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा दिवंगत संस्थापक अध्यक्ष शरद कसाः र पूर्व अध्यक्ष महेन्द्र विलास जोशीको सम्झना गरियो। प्रमुख अतिथि मानन्धरले संस्थाको योगदानको प्रशंसा गर्दै सरकारी सहयोग आवश्यक रहेकोमा जोड दिए।
सचिव दिनेश महर्जनले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रिता रजकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जुन सर्वसम्मत पारित भयो।
ब्लोदानको यो अधिवेशनले समाजमा रक्तदानको चेतना विस्तार गर्दै संस्थाको भूमिकालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
अधिवेशनले पुनः आर.बी. ठकुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। अध्यक्ष ठकुरीले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।
ब्लोदान काठमाडौं मध्यक्षेत्रको पाँचौं अधिवेशनले आर.बी. ठकुरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। संस्थाको आगामी कार्ययोजना तथा गतिविधिलाई सशक्त रूपमा अगाडि बढाउने उद्देश्यसहित चयन गरिएको कार्यसमिति निम्नानुसार रहेको छ:
-
अध्यक्ष — आर.बी. ठकुरी
-
उपाध्यक्ष — मचाकाजी महर्जन
-
सचिव — दिनेश महर्जन
-
कोषाध्यक्ष — रिता रजक
-
सह–सचिव — उर्मिला कनौजिया मगिया
-
सदस्य — रामदेवी श्रेष्ठ
-
सदस्य — ज्ञानीहेरा डंगोल
-
सदस्य — निर्मला मघैया
-
सदस्य — अनिल महर्जन
-
सदस्य — सुमित्रा सेन ठकुरी
-
सदस्य — बद्रि दाहाल
-
सदस्य — अनिता भण्डारी
-
सदस्य — राम महर्जन

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला ।






