काठमाडौं –  बुद्ध धर्मालम्बीहरूको प्रमुख पर्व सगादावा (Saga Dawa) को पवित्र अवसरमा स्वयम्भूनाथ क्षेत्रको परिक्रमा गर्ने कार्यक्रम हालै भव्य रूपमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा हजारौं श्रद्धालुहरू बिहानैदेखि स्वयम्भू स्तूपा क्षेत्रमा भेला भएका थिए। सहभागीहरूले परम्परागत रीतिअनुसार स्तूपा वरिपरि परिक्रमा गर्दै धार्मिक अनुष्ठान, मन्त्रपाठ र ध्यानमा सहभागी भएका थिए।

तिब्बती पात्रो अनुसार सगादावा महिनालाई बुद्धशाक्यमुनिको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाणसँग जोडिएको विशेष धार्मिक समयको रूपमा मानिन्छ। यस महिनामा पुण्य गर्ने, ध्यान गर्ने र दान दिने कार्यलाई विशेष महत्व दिइन्छ।

परिक्रमा कार्यक्रममा विभिन्न बौद्ध गुम्बा, संघसंस्था तथा श्रद्धालुहरूको सक्रिय सहभागिता देखिएको थियो। सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाइएको थियो भने स्थानीय स्वयंसेवकहरूले मार्गनिर्देशन र व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए।

यसरी सम्पन्न भएको स्वयम्भू परिक्रमा कार्यक्रमले धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै समाजमा शान्ति, सद्भाव र आपसी समझदारीको सन्देश प्रवाह गरेको थियो।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।