थाइल्याण्ड भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो मैत्रिपूर्ण खेलमा हार ब्यहोरेको छ। हिजो बेलुका थाइल्याण्डको मैदानमा सम्पन्न क्लोज डोर खेलमा घरेलु टोलीले दोस्रो हाफमा गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

नेपाल अब यही शृङ्खलाको दोस्रो मैत्रिपूर्ण खेल पर्सि सोमवार खेल्दैछ।
एएफसी महिला एशियन कपको छनोटको तयारीस्वरूप थाइल्याण्ड भ्रमणमा रहेको नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलङ्का र उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। छनोट चरण मे ४ देखि सुरु हुनेछ।