काठमाण्डौ – आज काठमाडौंमा दुई विपरीत धारका शक्ति प्रदर्शन हुँदैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एउटै दिन दुई फरक विचारधारालाई छुट्टाछुट्टै समय तोकेर प्रदर्शनको अनुमति दिएको छ । बिहान भृकुटीमण्डपमा सत्तारुढ एमालेले गणतन्त्र दिवस मनाउँदैछ भने दिउँसो शान्तिबाटिकामा राजसंस्था र हिन्दू राष्ट्रको समर्थनमा राजावादी समूह सडकमा उत्रिनेछन् । प्रशासनले सम्भावित झडप रोक्न एमालेलाई बिहान १०:३० देखि २:१५ बजेसम्म कार्यक्रम सम्पन्न गर्न अनुरोध गरेको छ, त्यसपछि राजावादीको प्रदर्शन सुरु हुनेछ ।






