इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक लिग चरणको अन्त्यतिर पन्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै शीर्ष दुईमा स्थान सुरक्षित गरेको छ। जयपुरमा सोमबार भएको खेलमा मुम्बईले दिएको १८५ रनको लक्ष्य पन्जाबले ९ बल बाँकी छँदै ३ विकेटको क्षतिमा सजिलै भेट्टायो।
ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक प्रहार गर्दै जितको जग हाल्दा, बलिङतर्फ पन्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ विकेट लिए।
मुम्बईका सूर्यकुमार यादवको अर्धशतक प्रयासका बाबजुद उनीहरूको स्कोर २० ओभरमा ७ विकेटमा १८४ रनमै सीमित रह्यो। मिचेल सान्टनेरले दुई विकेट लिए पनि मुम्बईलाई जित दिलाउन सकेनन्।
अब लिगको अन्तिम खेलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र लखनउ सुपर जायन्ट्स आमनेसामने हुँदैछन्, जसले प्लेअफ समीकरणमा अन्तिम मोड ल्याउनेछ।






